अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालिन समितको बैठक आज बस्दै
वि.सं.२०७७ असार १ सोमवार ०८:२३
4K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालिन समितिको बैठक आज बस्दैछ । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।
महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ । बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका बिषयमा छलफल गर्नेछ । एन्फाको मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि लामो समय विवादीत बन्दै आएको भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ ।
कोरोना राहत अन्तर्गत एन्फाले आफ्ना जिल्ला फुटबल संघ, क्लब र सदस्य संघलाई यसअघिनै ७५ हजारको दरले राहत बाँड्ने निर्णय गरिसकेको छ । तत्काल सुल्झाउनुपर्ने विवादको निरोपनको लागि एन्फा विधानले ५ सदस्यीय आपत्कालिन समितिको व्यवस्था गरेको छ । समितिमा अध्यक्ष सहित कार्यसमितिका चार सदस्य रहनेछन् ।
वि.सं.२०७७ असार १ सोमवार ०८:२३




















