YouTube Link

स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी शुरुवात, स्पान्योल र भिला रियाल पनि विजयी

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस ला लिगामा शिर्ष स्थानको बार्सिलोनाले विजयी शुरुवात गरेको छ । कोरोना भाईरसका कारण गत मार्चबाट रोक्किएपछि शुरु भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाले मालोर्कामाथि ४–० को शानदार जित निकालेको हो । उसको जितमा आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट, जोर्डी अल्बा र मेस्सिले समान १–१ गोलको योगदान दिए ।

भिडालले बार्सिलोनालाई खेलको शुरुवाती दोश्रो मिनटमा गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफअघि ब्रेथवेटले गाल गर्दै बार्सालदाई दोश्रो अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेको बार्साले दोश्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७९औं मिनटमा अल्बाले गोल गरे भने निर्धारित समय सक्किएपछिको ईन्ज्युरी समयको तेश्रो मिनटमा मेस्सिले बार्सालाई ४–० को जित दिलाए ।

 

 

शनिबार नै भएको अर्को खेलमा स्पानियोल विजयी भएको छ । स्पानियोलले अल्भेसलाई २–० ले पराजित गर्यो । घरेलु मैदानमा स्पानियोललाई जिताउन खेलको ४५औं मिनेटमा बेर्नार्डो स्पेनोसाले गोल गरे । दोस्रो हाफको ४७ औं मिनेटमा वउ लीले गोल गर्दै स्पानियोलाइ सहज जित दिलाए ।

 

 

यस्तै शनिबारै भएको अर्को खेलमा भिल्ला रियालले सेल्टा भिगोलाई १–० ले पराजित गर्यो । सेल्टाको घरेलु मैदान अबान्का बलाईडोसमा शनिबार राती भएको खेलमा भिला रियालको जितमा ट्रीगुएरोसले अतिरिक्त समयको पहिलो मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...