YouTube Link

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक आज बस्दै, पाँच एजेण्डामाथि छलफल हुने

Facebook Link

काठमाडौं: समसामयिक बिषयमा छलफल गर्न भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमितिको बैठक आज बोलाएको छ । भिडियो कन्फरेन्समार्फत हुने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुने बताईएको छ । कोरोना भाईरसको महामारीकाबीच एन्फाले सबै प्रदेश र जिल्लासँग बार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरेको छ । बैठकले बार्षिक बजेटका बिषयमा औपचारिक निर्णय गर्नेछ ।

यस्तै, कोरोना प्रभावितलाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो । सोही अनुसार एन्फाले प्रत्येक जिल्ला, क्लब, खेलाडी र अफिसियलबाट लगत संकलन गर्दै प्रस्तावित बजेट फिफा समक्ष पठाएको छ । सोही अनुसार फिफाबाट प्राप्त राहत वितरणको सम्बन्धमा बैठकले औपचारिक निर्णय गर्नेछ ।

बैठकले संघको बार्षिक साधारण सभाका सम्बन्धमा समेत औपचारिक निर्णय गर्नेछ । कोरोना महामारीका कारण चैतमा तय भएको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको थियो । सोमबारको बैठकले एन्फाको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्ने अपेक्षा गरिएको छ । यस्तै, बैठकमा अनुशासनलाई समेत एजेण्डालाई बिषय प्रवेश गराईएको छ । अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै एन्फाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभासम्मका लागि निलम्बन गरेको छ । एन्फाको शंसोधित विधान अनुसार ७ दिन अघि सुचना दिएर कार्यसमिति बैठकका बोलाउनुपर्ने व्यवस्था छ । सोही अनुसार एन्फाले जेठ १३ गते कार्यसमिति बैठक आह्वान गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...