म्यानचेस्टर सिटीद्वारा प्रतिबन्ध फुकुवा गर्न अपील
वि.सं.२०७७ जेठ ७ बुधवार १३:२७
1.4K
shares
एजेन्सीः युरोपियन फुटबलमा लागेको दुई वर्षको प्रतिबन्धविरुद्ध इंग्लिस क्लबले म्यानचेस्टर सिटीले अपील गरेको छ । सिटीले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको हो ।
सिटीले गरेको अपीलको सुनुवाई आगामी जुन ८ देखि १० सम्म हुने बताईएको छ । युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो । यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो ।
वि.सं.२०७७ जेठ ७ बुधवार १३:२७



















