कोरोना रोकथामका लागि प्रिमियर लिग खेलाडीको ‘प्लेयर्स टुगेदर’ राहत कोष
वि.सं.२०७६ चैत २७ बिहीवार १०:२१
1.1K
shares
एजेन्सीः ईङ्गलिश प्रिमियर लिग क्लबका खेलाडीहरुले संयुक्त रुपमा कोरोना भाईरस रोकथामका लागि ‘प्लेयर्स टुगेदर’ नामक आर्थिक सहयोग कोष स्थापना गरेका छन् ।
प्रिमियर लिगका खेलाडीहरुले बेलायतमा कोरोना महामारीले ग्रस्त बनाईरहेको समयमा राष्ट्रिय स्वास्थ्य सेवालाई सघाउन कोष स्थापना गर्ने निर्णय लिएका हुन् । म्यानचेस्टर युनाईटेडका कप्तान ह्यारी म्यागुईरी र लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले खेलाडीहरको यो कदमको बारेमा सामाजिक सञ्जालमा पुष्टि गरेका छन् ।
वि.सं.२०७६ चैत २७ बिहीवार १०:२१




















