Texas College
YouTube Link

राष्ट्रिय क्रिकेट टिमको १७ सदस्यीय टोली आज ओमान प्रस्थान

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत

Facebook Link

एजेन्सीः नेपाली राष्ट्रिय क्रिकेट टिमको १७ सदस्यीय टोली आज ओमान प्रस्थान गरेको छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाका लागि नेपाली टोली त्यसतर्फ लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)को श्रोतले टोली बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गरेकाे जनाएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली ओमन प्रस्थान गरेकाे हाे ।

नयाँ खेलाडी बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाल, ओमान र अमेरिका बिचको त्रिकोणात्मक श्रृंखला यही भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

यस श्रृखलाको खेल तालिका भने सार्वजनिक भएको छैन ।

श्रृंखला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ ।

नेपालले पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ मा खेल्ने क्यानले बताएको छ ।

यस अघि लीग–टु अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ वटा खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो ।

ओमानसँग दुबै खेलमा पराजित भएको छ ।

लीगमा नेपाल ४ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा छ ।

ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी पनि सार्वजनिक गरिएको छ ।

akhabarnepal.com

 

 

 

 

 

 

यो पनि पढ्नु होस्ः डोनारुम्माले फ्रेन्च लिग वानमा रिम्सविरुद्ध पीएसजीबाट डेब्यु गर्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...