YouTube Link

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया पूरा, एकीकृत कारोबार सुरु

Facebook Link

काठमाडौं:  नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

 

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए। ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ’, उनले भने।

 

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष रु. ३२ अर्ब ६८ करोड हुनेछ। यसका साथै नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटीएम संख्या भने १८३ हुनेछ। चैत मसान्तको वित्तीय विवरणअनुसार निक्षेपको आकार रु. २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु. २०१ अर्ब हुनेछ।

 

यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार रु. २ खर्बमाथि हुनेछ। यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुनेछ।

 

यो पनी पढ्नुहोस्:

कृषि विकास बैंकले कृषि सामग्री र उपकरण हस्तान्तरण

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...