एभरेष्ट बैंकले ऋणपत्रको रकम फिर्ता लिन आउन आग्रह
वि.सं.२०७८ असार २४ बिहीवार १७:२२
2K
shares
काठमाडौं: एभरेष्ट बैंकले ऋणपत्रको रकम फिर्ता लिन आउन ऋणपत्रधनीहरुलाई आग्रह गरेको छ। अवधि समाप्त हुन लागेको रु. ६० करोड रुपैयाँ ऋणपत्रको रकम फिर्ता लिन आउन ऋणपत्रधनीहरुलाई आग्रह गरेको हो।
बैंकको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७८’ को अवधि यही असार ३१ गते समाप्त हुने हुँदा यस्तो आग्रह गरेको हो। ६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुलाई वार्षिक ८ प्रतिशत ब्याज दिइएको छ।
बैंकले एक सूचना जारी गरी २०७२ असार ३१ गरे जारी गरिएको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७८’ को अवधि यही असार ३१ गते समाप्त हुने हुँदा ऋणपत्रधनीहरुलाई रकम फिर्ता लिन आउन आग्रह गरेको छ।
एभरेष्ट बैंकले ऋणपत्रको रकम फिर्ता लिन आउन उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले काठमाण्डौ लाजिम्पाटस्थित एभरेष्ट बैंकको मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले एभरेष्ट बैंकको पायक पर्ने कुनै पनि शाखा कार्यालयमार्फत रकम भुक्तानी पाउने बैंकले जनाएको छ।
रकम फिर्ता लिन ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र(ब्याज भुक्तानी पुर्जासमेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराइदिन बैंकले आग्रह गरेको छ।
स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रितपूर्वकको मञ्जुरीनाका साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपमा पेस गर्नुपर्ने बैंकले जनाएको छ।
संस्थागत ऋणपत्रधनीहरुका हकमा भने रकम फिर्ता लिन आउने कर्मचारीको नाम, थर तथा दस्तखत नुमनासहितको रकम फिर्ताका लागि अनुरोध गरेको आधिकारिक पत्रसमेत राखी पठाउनु बैंकले आग्रह गरेको छ।
यो पनी पढ्नुहोस् :
सिभिल लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा कार्यालय स्थापना
वि.सं.२०७८ असार २४ बिहीवार १७:२२



















