Rajshow Bivag

शिक्षक महासंघद्वारा शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा

Departmant of helth services

 

काठमाडौं: नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

 

महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ ।

 

‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका मागमुद्दाहरू सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा त्यसको ५ दिनभित्र काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलन गर्ने कुरा हामीले घोषणा गरिसकेको छौं’, विज्ञप्तिमा उल्लेख छ ।

 

भाद्र ३ र ४ गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदहरूसँग भेटघाट तथा छलफल गर्ने र यही अवधिमा प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तै, भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासङ्घ, विद्यालय व्यवस्थापन समिति, महासङ्घ, पत्रकार मानव अधिकारवादी सङ्घसंस्था लगायतसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐव्यवद्धता जारी गर्न पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

‘जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति काठमाडौं केन्द्रित सडक आन्दोलनको तयारीका लागि भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने, महासङ्घको संरचना भएका जिल्ला तथा प्रदेशमा महासङ्घको नेतृत्वमा र त्यस्तो संरचना नभएका जिल्ला तथा प्रदेशमा घटक संस्था आबद्ध (सम्बद्ध) हरू बीच छलफल गरी समिति बनाउने र त्यसको विवरण केन्द्रमा पठाइने छ’, विज्ञप्तिमा भनिएको छ ।

 

सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरुसहितको वृहत् अन्तरक्रिया गर्ने र ऐनको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको परिस्थिति आकलन गरी २०८० भाद्र ७ गते बस्ने राष्ट्रिय आन्दोलन परिचालन समितिले काठमाडौं केन्द्रित सडक आन्दोलनको निर्णय गर्ने महासंघले जनाएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...