YouTube Link

शिक्षक महासंघद्वारा शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा

Facebook Link

 

काठमाडौं: नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

 

महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ ।

 

‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका मागमुद्दाहरू सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा त्यसको ५ दिनभित्र काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलन गर्ने कुरा हामीले घोषणा गरिसकेको छौं’, विज्ञप्तिमा उल्लेख छ ।

 

भाद्र ३ र ४ गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदहरूसँग भेटघाट तथा छलफल गर्ने र यही अवधिमा प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तै, भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासङ्घ, विद्यालय व्यवस्थापन समिति, महासङ्घ, पत्रकार मानव अधिकारवादी सङ्घसंस्था लगायतसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐव्यवद्धता जारी गर्न पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

‘जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति काठमाडौं केन्द्रित सडक आन्दोलनको तयारीका लागि भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने, महासङ्घको संरचना भएका जिल्ला तथा प्रदेशमा महासङ्घको नेतृत्वमा र त्यस्तो संरचना नभएका जिल्ला तथा प्रदेशमा घटक संस्था आबद्ध (सम्बद्ध) हरू बीच छलफल गरी समिति बनाउने र त्यसको विवरण केन्द्रमा पठाइने छ’, विज्ञप्तिमा भनिएको छ ।

 

सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरुसहितको वृहत् अन्तरक्रिया गर्ने र ऐनको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको परिस्थिति आकलन गरी २०८० भाद्र ७ गते बस्ने राष्ट्रिय आन्दोलन परिचालन समितिले काठमाडौं केन्द्रित सडक आन्दोलनको निर्णय गर्ने महासंघले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...