कक्षा १२ को नतिजा सार्वजानिक, १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा (यसरी हेर्नुहोस् नतिजा)

वि.सं.२०७९ भदौ १७ शुक्रवार १८:०६

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकपछि नतिजा प्रकाशन गरेको हो ।
बोर्डले मोबाइलमार्फत नतिजा हेर्न भनेर लिङ्क पनि सार्वजनिक गरिसकेको छ । कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् ।
https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २९२ परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परिक्षा दिएका थिए ।
बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १८:०६