YouTube Link

१२ हजार नेपाली विद्यार्थी जापान र अष्ट्रेलिया खुलेपछि जाने तयारीमा

Facebook Link

 

काठमाडौं: अष्ट्रेलिया र जापानले अन्तर्राष्ट्रिय सीमा खुला गरेपछि अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी उत्साहित भएका छन् ।

 

अष्ट्रेलियाले डिसेम्बर १ र जापानले नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विद्यार्थी लगायत विभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरिसकेका छन् ।

 

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जापान र अष्ट्रेलियाको घोषणाले नेपाली विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई खुशी दिलाएको बताए ।

 

उनका अनुसार अस्ट्रेलियाको लागि मात्र झन्डै ४ हजार नेपाली विद्यार्थीले अध्ययनका लागि भिसा लिएका छन् । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै ७ अर्ब रुपैयाँ लगानी भएको छ ।

 

अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका झन्डै ४ हजार र जापानका लागि सीइओ पाएका ८ हजारभन्दा बढी विद्यार्थी उत्साहित छन् ।

 

कोभिड-१९ जोखिमका कारण लामो समयदेखि सीमा बन्द हुँदा कतिपय विद्यार्थी डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य भएका थिए ।

 

जापान र अष्ट्रेलियाको नयाँ निर्णयपछि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाई योग्य भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी ती मुलुकमा जान सक्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...