YouTube Link

पूरानो मोवाइल आफैंले यसरी नयाँ बनाउन सकिन्छ

Facebook Link

प्रायजसो स्मार्टफोन स्लो भएर हैरान हुनेले फ्याक्ट्रि रिसेट गरेर मोवाइललाई नयाँ अवस्थामा नै पुर्‍याउन खोजेको पाइन्छ । कहिले काँहि गलत तरिकाले फ्याक्ट्रि रिसेट गर्दा फोनमा रहेको सबै डाटा डिलिट हुने पनि गर्दछ । यसरी स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा हुने गल्तीबाट बच्न तल केहि उपायहरु उल्लेख गरिएको छ ।

पहिले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा फोनमा भएको सबै डाटा डिलिट हुने छ भन्ने जानकारी हुनुपर्नेछ । डाटासँगै फोनमा रहेको एप्स, सेटिंग्स तथा पासवर्ड सबै डिलिट हुनेछ । फ्याक्ट्रि रिसेटपछि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई किन्दाको अवस्थामा भएजस्तै पाउने छन् । त्यसैले फोनलाई फ्याक्ट्रि रिसेट गर्नुपहिले ब्याकअप लिनु पर्नेछ ।

आफ्नो फोनलाई जहिले फ्याक्ट्रि रिसेट गर्नुपरे पनि ब्याकअप लिन भुल्नु हुँदैन । त्यस्तै प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा रहेको डाटालाई कुनै अर्को मोबाइल वा ल्यापटमा सेभ गर्न पनि सक्ने छन् । यसबाहेक डाटालाई मेमोरी कार्डमा सेभ गर्न पनि सकिन्छ । याद रहोस् प्रत्येक स्मार्टफोनको अपरेटिंग सिस्टम अलग अलग हुने गर्दछ त्यसैले स्मार्टफोनलाई रिसेट गर्नका लागि अलग/अलग सेटिंग्स हुने गर्दछ ।

फोनलाई रिसेट गर्नका लागि फोनको सेटिंग्समा गएर प्राईभेसी वा ब्याकअप एन्ड रिसेट विकल्पमा गएर फ्याक्ट्रि रिसेटलाई सेलेक्ट गर्नुपर्दछ।यसपछि रिसेट फोनमा क्लिक गर्नुपर्नेछ । जसबाट प्रयोगकर्ताको स्मार्टफोन रिसेट हुनेछ । प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनलाई पटकपटक फ्याक्ट्रि रिसेट गर्दा फोनको इन्टरनल स्टोरेजमा गलत प्रभाव पर्न सक्ने छ । त्यसैले निकै आवश्यक रहेको बेलामात्रै फ्याक्ट्रि रिसेट गर्ने गरौं ।

सावधानीपूर्वक फ्याक्ट्रि रिसेट गर्दा पूरानो मोवाइल पनि नयाँ झै गज्जवले चल्छ । सिस्टमले राम्रो काम गरेपछि तपाईले खुइलिएको वा विग्रिएको अवस्थाको कभरलाई पनि चेन्ज गरेर नयाँ ब्राण्डको मोवाइल झैं देखाउन सक्नुहुन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...