YouTube Link

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

Khanepani Dhal
Facebook Link

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ सार्वजानिक गरेको हो ।

 

नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ । नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो-हरियो), एक्वामरिन (हरियो-नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ । नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ ।

 

आईफोन १६ लाइन नयाँ बटनहरुका साथ आएको छ । पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ । यसबाहेक एप्पलले फिजिकल बटन थप गरेको छ । औँला धसेर सहजै क्यामेरा खोल्न सकिन्छ । १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथसहित आएको छ । यसमा ग्लास सेरामिक स्क्रिन छ जुन अघिल्लो मोडलको तुलनामा ५० प्रतिशत कडा र ४० प्रतिशत द्रुत जीपीयूयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

 

नयाँ आईफोन १६ मा क्यामेरा नियन्त्रण गर्ने फिचर छ । फोनको किनारामा यसका लागि बटन छ । यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिनेछ । अर्थात् कुनै रेस्टुराँतिर क्यामेरा सोझ्याउँदा त्यसबारेका रिभ्युहरु, मेनु र कसरी रिजर्भ गर्ने सबै कुराको जानकारी मिल्छ । यसमा रहेको भिजुअल इन्टेलिजेन्सबाट कुनै कुकुरबो प्रजातिजस्ता सूचना आईफोन १६ ले दिन्छ । एप्पले आफ्नो नयाँ आईफोनमा च्याटजीपीटी बनाउने ओपनएआईसँगको यसअघि घोषित साझेदारीलाई पनि समावेश गरेको छ । जुन यसका केही फिचरमा आएका छन् ।

 

नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ । त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ । नयाँ एप्पल आईफोन १६ प्रो ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । आईफोन १६ प्रो म्याक्स भने १ हजार १९९ अमेरिकी डलरबाट सुरु हुने सोमबार कम्पनीले जनाएको छ । आगामी शुक्रबारबाटै कम्पनीले दुवै मोडलको अग्रिम बुकिङ खुल्ला गर्ने जनाएको छ । यो भनेको अघिल्लो आईफोन १५ प्रोकै मूल्यबराबर हो । आईफोन बाहेक कम्पनीले एप्पल वाच, एयरपड पनि सार्वजनिक गरेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...