Bhujee League 2081
YouTube Link

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: प्रतिनिधिसभा बैठक भदौ ३० गते दिउँसो १ बजे बस्ने स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रमहरू हटाएर बैठक स्थगित गरेका हुन् ।

 

सभामुख घिमिरेले  नेकपा एमाले सांसद योगेश भट्टराईले केही दिनअघि  संसदमा बोल्दाखेरी प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका थिए । सभामुखले छलफलका क्रममा उक्त हिंसा भन्ने शब्द असंसदीय नभएको  निष्कर्ष निस्किएपछि संसदको अभिलेखबाट हटाउन आवश्यक नभएको बताएका थिए ।  साथै उनले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ समेत गराएका थिए । त्यसपछि बैठकमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की भएको थियो ।

 

सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको जिकिर गरे । शान्तिप्रक्रिया र कानुनबिपरित शब्द  चयन नगर्न उनले सुझाव दिए । त्यसपश्चात एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउँ नरहेको बताए । पन्तले धारणा राखेपछि माओवादी सांसदहरु थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शब्दप्रति आपत्ती जनाएका थिए ।

 

सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शब्दका विषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाए । पाण्डेले बोलेपछि समय पाएका  एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालिन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गरे । संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उनले आरोप लगाए ।

 

बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरूले हिंसा शब्दको प्रतिवाद गरिरहे । आफूले पटकपटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक स्थगित गरे । संसद  बैठकमा  एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै संसदको अभिलेखबाट हटाउन माओवादी केन्द्रका सांसद हितराज पाण्डेलगायतले माग गरेका थिए ।

 

Rugby Game
X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

वि.सं.२०८१ असोज २० आइतवार १३:१०

काठमाडौं: बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने...

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ असोज १९ शनिवार १४:०२

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी...

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

वि.सं.२०८१ असोज १९ शनिवार १३:४३

हेटौंडा: मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई...

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

वि.सं.२०८१ असोज १९ शनिवार १३:१०

काठमाडौं: इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी...

भुटानमा पूर्वराजा शाहलाई विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत

भुटानमा पूर्वराजा शाहलाई विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत

वि.सं.२०८१ असोज १७ बिहीवार १५:१८

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका...

काभ्रेको विभिन्न ठाँउमा अलपत्र परेकालाई नेपाली सेनाले गर्‍यो हेलिकप्टरमार्फत ८ सय जनाको उद्धार

काभ्रेको विभिन्न ठाँउमा अलपत्र परेकालाई नेपाली सेनाले गर्‍यो हेलिकप्टरमार्फत ८ सय जनाको उद्धार

वि.सं.२०८१ असोज १६ बुधवार १३:३०

काठमाडौं: गएको शुक्रबार र शनिबार आएको अबिरल वर्षाको कारण काभ्रेको...