YouTube Link

राप्रपा फेरि एकीकृत, फागुन २८ गते राष्ट्रिय सभा गृहमा एकताको घोषणा गरिने

Facebook Link

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका घटकहरुबीच फेरि एकीकरण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच शनिबार एकता भएको हो । उनीहरुको नीति राजसंस्थासहितको प्रजातन्त्र हुने उल्लेख गरेका छन् । जबकी राणा नेतृत्वको राप्रपाले आफूलाई राजाविहीन गणतन्त्रको पक्षमा उभ्याउँदै आएको थियो ।

काठमाडौं पानीपोखरीस्थित लप्सीगार्डेनका भएको कार्यक्रममा दुबै राप्रपाका नेताहरुबीच पार्टी एकीकरण सम्बन्धि सहमति भएको हो । दुई पार्टीबीच एकीकरण भई पार्टीको नाम राप्रपा राख्ने सहमति भएको छ । अधिवेशन नभएसम्मका लागि अध्यक्ष तीनै जना रहने सहमति बनेको छ । अधिवेशन नभएसम्मका लागि कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने व्यवस्था मिलाइएको छ ।

एकताका सहमति पत्रमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा भने फागुन २८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएको छ । हस्ताक्षर कार्यक्रममा तीनै जना अध्यक्षले भ्रष्ट्राचारलगायतको संकटबाट मुलुकलाई मुक्ति दिलाउन एकता गरिएको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...