कोरोना आशंकामा भागेका व्यक्ति विराटनगरमा, स्वास्थ्य रिपोर्ट नेगेटिभ
वि.सं.२०७६ फागुन २२ बिहीवार १९:१६
1K
shares
काठमाडौं: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट कोरोना भाइरसको आशंका गरिएका एक नेपाली भागेर विराटनगर पुगेका छन् ।
प्रहरी स्रोतका अनुसार सुनसरीको इटहरी घर भएका निजले प्रयोग गर्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर पुगेको खुलेको र उनलाई प्रहरी नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको थियो ।
स्वास्थ्य चेकजाँचका क्रममा उनमा कोरोना संक्रमण नरहेको जानकारी आस्पताल स्रोतले दिएको छ । यो भाइरस संक्रमण नेपालमा एक जनामा भएको पुष्टि भएपनि हालसम्म नयाँ संक्रमित भने फेला नपरेको अस्पतालले जनाएको छ । संक्रमित व्यक्ति पनि पूर्ण रुपमा निको भएको अस्पतालले जनाएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १९:१६



















