रामेछापमा भारतले गरेको सीमा अतिक्रमण र एमसीसी सम्झौताको बिरोध
वि.सं.२०७६ फागुन ११ आइतवार ०९:३८
1.2K
shares
रामेछापः भारतले गरेको सीमा अतिक्रमण र अमेरिकी नियोगसँग गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताको बिरोध गर्दै रामेछापको मन्थलीमा ९ दलले कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जिल्लाब्यापी बनाउँदै लैजाने गरी कार्यक्रहरु तय गरेको जनाएको छ । यसैबीच कार्यक्रममा ९ दलको संयुक्त गठबन्धन जिल्लास्तरीय कार्यक्रम भएको नेकपा क्रान्तिकारि माओवादीका जिल्ला सचिव लाङघाली मगरले जानकारी दिए ।
भारतीय सीमा अतिक्रमण र अमेरिकासँग हुन लागेको एमसीसी बिरुद्ध जनतालाई जानकारी गराउन कार्यक्रमको उद्देश्य रहेको बताईएको छ । कार्यक्रममा नेकपा मालेका तर्फबाट केन्द्रीय सदस्य मोहन कार्की, क्रान्तिकारी माओवादीबाट गणेश खड्गी, केन्द्रीय सदस्य र राष्ट्रिय जनमोर्चाबाट अर्जुन थापा, रामेछाप जिल्ला उपाध्यक्ष लगायतका बक्ताले कार्यक्रमको सम्बोधन गरेका थिए ।
कार्यक्रमको सम्बोधन गर्दै वक्ताहरुले भारतले नेपालको लिपुलेक लिम्पियाधुरा अतिक्रमण गरेको नेपाली भुमि तत्काल फिर्ता गराउन भारतसँग कुटनीतिक पहल गर्नुपर्ने र कुटनीतिक पहल गर्दा पनि नेपालको भुमि फिर्ता नगरे नेपालले उक्त नेपालको अतिक्रमित भुमिलाई अन्तर्राष्ट्रियकरण गरेर भएपनि फिर्ता गराउन दवाव सिर्जना गराउनका साथै नेपालको सर्वभौमसत्ता सम्पन्न राष्ट्रलाई नै समाप्त गर्ने गरि आएको अमेरिकी नियोगको एमसीसी सम्झौता गर्न नहुने भन्दै कडा बिरोध गरेका थिए ।
कार्यक्रममा स्थानीय जनता र वरपरका छिमेकी जिल्लाबाट आएका नागरिकहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रमलाई देशभक्त जनताको कार्यक्रम भएको बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका थिए ।
वि.सं.२०७६ फागुन ११ आइतवार ०९:३८



















