YouTube Link

उपसभामुखबाट तुम्बाहाङफेले दिइन् राजीनामा, नेताले भनेको आधारमा होइन, संविधान अनुसार चलें: तुम्बाहाङफे

Facebook Link

काठमाडौं: उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । राजीनामा लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गरेकी थिइन् । सत्तारुढ नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दासमेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् । सोमबार उपसभामुखबाट राजीनामा दिँदा पनि उनले सभामुखमा आफ्नो दाबी स्वभाविक भएको बताइन् ।

तुम्बाहाङफेले घुमाउरो शैलीमा नेकपाले राजीनामा दिन गरेको आग्रहको पनि कारण खुलाइन् । एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण सभामुख पद रिक्त भएको भन्दै उनले भनिन्, ‘सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुखविहीन हुँदा उत्पन्न जटिलता र यसले सिर्जना गरेका समस्याबारे हामी जानकार नै छौं । यस्तो स्थिति अव कायम रहनु हुँदैन । सभामुख चयनको ठोस आधार तय भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर आफूले राख्दै आएका मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु ।’ उपसभामुख रहँदा आफूले इमान्दारितापूर्वक कर्तव्य पूरा गर्ने प्रयास गरेको समेत उनले बताइन् ।

सदनमा सम्बोधनपछि बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै डा तुम्बाहाङ्फेले आफू दलको नभई प्रतिनिधिसभाको उपसभामुख भएकाले आफूले दलको निर्णय अटेर गरेको उनको दाबी थियो । तर दलहरुले आफूसँग राजीनामाका लागि आग्रह नगरेकाले पनि आफूले अटेर गरेको उनको भनाइ छ । ‘आग्रह गरेको भए मान्थें । तर पार्टीले आफूलाई दलको मात्र उपसभामुखको व्यवहार गर्‌यो ।’

संविधानले नेतृत्वबिहीन प्रतिनिधिसभाको कल्पना नगरेकाले पनि आफूले राजीनामा दिन आवश्यक नरहेको ठम्याएको उनको भनाइ छ । ‘संविधानले नेतृत्वविहीन परिकल्पना गरेको छैन । नेताले भनेको आधारमा होइन, संविधान अनुसार चलें । मैले नेकपा नेताको निर्देशन मानेको भए नागरिकले औला उठाउँथे ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...