YouTube Link

प्रदेश-३ को राजधानी र नामाकरणप्रति नेकपा (माओवादी केन्द्र)को आपत्ति, भोलि प्रदेशस्तरीय हड्तालको घोषणा

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी)केन्द्र नेवा-ताम्सालिङ प्रदेश समितिले प्रदेश नम्बर-३ को राजधानी र नामाकरण बागमती राख्ने निर्णयका विरुद्धमा कडा संघर्ष गर्ने कार्यक्रमको घोषणा गरेको छ । उक्त निर्णयको विरुद्धमा यही पुष २८ गते प्रदेश नम्बर-३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखाना सहित नेवा-ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश नम्बर-३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरुद्धमा देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा-ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) ले अगावै प्रदेश नम्बर-३ को नामाकरण नेवा-ताम्सालिङ गरियोस भनि प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो । त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा-ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बागमती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा-ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ । महान जनयुद्व र जन-आन्दोलनका उपलब्धिहरु एकपछि अर्को गर्दै खोस्दै गणतन्त्र नै समाप्त पार्ने त्यस प्रतिक्रान्तिकारी अपराधको भण्डाफोरमा उत्रन देशभक्त एवं पहिचान पक्षधर जन-समुदायमा गम्भीर अपिल गर्दछ ।’ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पासाङ मोक्तानको हस्ताक्षर रहेको विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य अरुण घिसिङले जन युद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको सुनाउँदै आज त्यसको विरुद्धमा प्रदेश नम्बर-३ को नामाकरण गरिएको भन्दै कडा आपत्ति जनाए । उनले भने- ‘जनयुद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको थियो । जसको नेतृत्व प्रचण्डले गरेका थिए । तर, आज तिनै प्रचण्डले सहिदका सपना कुल्चिँदै र उनीहरुको बलिदानीलाई मेट्दै जनयुद्धका आदर्श र उद्देश्य विपरित हुनेगरि अहिले संघीयता विरोधी र पहिचान विरोधी एमाले र केपी ओलीसँग मिलेर प्रदेश नम्बर-३ को नामाकरण बागमती राखिएको छ । यो हाम्रो पार्टीलाई मान्य छैन ।’ उनले प्रदेश नम्बर-३ को नामाकरण बागमती राख्ने निर्णय तत्काल खारेज गर्नपनि आग्रह गरेका छन् ।

त्यस्तै, कार्यक्रममा प्रदेश नम्बर-३ तथा नेवा-ताम्सालिङ प्रदेशका अध्यक्ष पासाङ मोक्तानले पत्रकार सम्मेलन विज्ञप्ती वाचन गरेका थिए । उनले वाचन गरेको विज्ञप्तीमा भनिएको छ, ‘विद्वितै छ कि प्रदेश-३ को १३ जिल्ला ऐतिहासिक रुपमा नेवा–ताम्सालिङ भूमि हो । यसै आधारमा, महान जनयुद्वमा नेवा–ताम्सालिङ स्वायत्त जनसरकार घोषणा र ०६४ देखि ०७२ सम्म तत्कालीन नेकपा (माओवादी) ले नेवा राज्य समिति र ताम्सालिङ राज्य समितिको संगठित अभ्यास गरेको हो । परन्तु, जनताका छाराछोरीको रगत चाहिएको बेला मात्र स्वायत्तता र पहिचानको नारा उराल्ने, तर दलाल पुँजीवादी संसदीय सत्ताको हिस्सेदार बनेपछि नेवा-ताम्सालिङ लगायत जनताको पहिचान र अधिकारमाथि बन्चरो प्रहार गर्ने प्रतिक्रान्तिकारी अपराध प्रचण्ड मण्डलीबाट गरिएको छ ।’

माओवादको सिद्वान्त र पहिचान मुद्दा त्यागेर एमालेकरणमा विलय भएका प्रचण्ड मण्डलीको दाहसंस्कार गर्दै गोपाल किरातीको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) को पुनर्गठन आज सार्थक बनेको पनि प्रदेश समितिको ठहर छ । विज्ञप्तीमा भनिएको छ, ‘माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना एवं ऐतिहासिक विरासतलाई निरन्तरता दिदै श्रमिक वर्ग, जाति, क्षेत्र, महिला तथा देशभक्तहरुको संयुक्त (राज्यसत्ता) समाजवादी गणतन्त्र नेपाल स्थापना एक मात्र क्रान्तिकारी विकल्प बनेको छ ।’ पत्रकार सम्मेलनको सञ्चालन पार्टीका प्रदेश नम्बर-३ तथा नेवा-ताम्सालिङ प्रदेशका उपाध्यक्ष प्रकाश दाहालले गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...