YouTube Link

भारतले पाकिस्तानमा बर्सायो हजार किलो बम

Nepali Sena Suvakamana Dashain
Facebook Link

भारत प्रशासित काश्मिरको पुलवामा हमला भएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ ।

मंगलबार बिहान मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) पार गरी काश्मिर क्षेत्रमा प्रवेश गरेको पाकिस्तानले जनाएको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ भने पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिनाअनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिएका छन । उनले ट्वीट गर्दै भारतीय सैनिक विमानले भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको र भाग्ने क्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको तर यसबाट धनजनको क्षति भएको छैन’ भनेका छन ।

भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन । यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४४ जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ । सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको थियो । संघर्षरत मौलाना अजहरको नेतृत्वमा रहेको जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

स्रोतलाई उद्धृत गर्दै ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको भारतीय मिडियाले जनाएको छ भने जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो भनेका छन ।’ बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ ।

हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ । मङ्गलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ । भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशंकामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...