YouTube Link

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

Facebook Link

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी महानिरीक्षकजस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै सशस्त्र प्रहरी बल, नेपालमा सेवारत रहँदा कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्ने वीर सपुतहरुको बलिदान तथा अमूल्य योगदानको स्मरण गरेका छन् । आफूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा देश र जनताको लागि प्राणोत्सर्ग गर्ने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीहरुको चिरशान्तिको कामना गर्दै नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले घाइते तथा अंगभंग भएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

 

नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याललाई गृहसचिव राजकुमार श्रेष्ठले गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सु-शोभित गरेका थिए । गृह सचिव श्रेष्ठले संगठनभित्र पेशागत दक्षता, क्षमतालाई अभिबृद्धि गर्दै सरुवा-बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन निर्देशन दिँदै सरुवा प्रणाली र वृत्ति-विकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बल नेपालले बीआईआरडीको अवधारणाअनुरुप कार्यक्षेत्रमा सीमित श्रोत-साधनको वावजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको बताउँदै गृह सचिवले आगामी मनसुनजन्य विपदमा समेत सशस्त्र प्रहरी बल, नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिएका थिए ।

 

उनले सशस्त्र प्रहरी महानिरीक्षक पद केवल संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारीमात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीऊधन र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरुको प्रभावकारी कार्यान्वयन र नयाँ जनभावनावमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व रहेको उल्लेख गर्दै संविधान, कानून, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पकासाथ जिम्मेवारी निर्वाह गर्ने पद भएको बताए ।

 

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्यस अवसरमा नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सवलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्दै सो कार्यान्वयनको लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । उनले  सकल दर्जाको कल्याण र वृत्ति-विकासमा जोड दिँदै मानव संशाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने उल्लेखसहित संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले नेपाल सरकारले जारी गरेको सयबूँदे शासकीय सुधार योजनाअनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताउँदै सशस्त्र प्रहरी बल, नेपालको विभिन्न नयाँ ऐन-नियम तथा कार्य क्षेत्रभित्र पर्ने ३१ वटा विभिन्न संघीय ऐनहरुमा काम-कर्तव्य र अधिकारसहितको स्पष्ट कानूनी व्यवस्था, संगठनको आधुनिकीकरणमा सहयोग एवं आवश्यक स्रोत-साधनको उपलब्धता तथा समयसापेक्ष मार्ग निर्देशनका लागि सकारात्मक एवं रचनात्मक सहयोगको नेपाल सरकार एवं गृह मन्त्रालयसँग अपेक्षा गरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...