Texas College
YouTube Link

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन् । उनीहरू कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन् । हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता नगरेको अवस्था छ ।

 

यसअघि बुधबार बिहान सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए ।  बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वयसँगको भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका हुन् ।

 

‘माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ । अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, कानुनी रूपमा निर्क्योल गरौँ, म तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए । देउवाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन निश्चित भइसकेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।

 

‘मैले सार्वजनिक रूपमा नै अब सभापतिको उम्मेदवार हुँदैन भनेको छु । विधान अनुसार पनि म सभापति बन्न पाउँदिन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म उम्मेदवार हुँदैन । त्यतिबेलासम्म धैर्य गर्नुस्,’ उनले भनेका थिए । देउवाको भनाइ सुनेपछि महामन्त्रीद्वय थप छलफल आवश्यक रहेको बताउँदै निवासबाट बाहिरिएका थिए ।

 

महामन्त्रीद्वयले भृकुटीमण्डपमा आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका छन् । तर देउवा समूह र डा. शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई मान्यता दिएका छैनन् । विवाद समाधानका लागि दुवै पक्षबाट वार्ता समिति गठन गरिएको थियो । संस्थापन र शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार सदस्य थिए भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:१७

काठमाडौं: प्रहरी महानिरीक्षक दानबहादुर कार्की नेपाल प्रहरीका कर्मचारीहरुको राशनको स्केल...

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०८:१०

काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको...

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:४१

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस...

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५

काठमाडौं: प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त...

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १६ शुक्रवार ०६:५५

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

वि.सं.२०८२ माघ १३ मंगलवार १४:२३

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा...