YouTube Link

स्वभाव खरो लाग्ने सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अन्ततः सबैको मन छुँदै

Facebook Link

काठमाडौं: धेरैलाई थाहा नहुन सक्छ, राष्ट्र-राष्ट्रवासी र संगठनको हितका लागि खरो रुपमा प्रस्तुत हुने सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल कवि हृदय भएका भावुक गीतकार पनि हुन् भनेर । हालैमात्र सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवाशिनी बाहिनी मुख्यालय, रुपञ्देहीको ८औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अमर सशस्त्र प्रहरीका परिवारसँग भेटघाट गर्दै अमर सशस्त्र प्रहरीका परिवारले दुई छाक खानाका लागि चिन्ता गर्नु नपर्ने बताएर अमर सशस्त्र प्रहरीका परिवारको मन छोए ।

 

‘दुई छाक खानका लागि अप्ठ्यारो अवस्था आए नजिकैको ब्यारेकबाट राशन-पानी लगेर भए पनि तपाईंहरुको मुहारमा खुशी ल्याउने व्यवस्था मिलाउँछु’ सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले थपे- ‘अमर शहीद परिवार हुनु दुःखको विषय होइन, बरु त्यस्ता वीर सपुतहरु जन्माएकोमा गर्व गर्नुपर्छ ।’ उनले अमर सशस्त्र प्रहरीका राष्ट्रसेवक कर्मचारीले बगाएको रगतलाई संगठनले कहिल्यै नबिर्सने बताइरहँदा उपस्थित अमर सशस्त्र प्रहरी परिवारका सदस्यहरु भावुकसमेत बनेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले दुवै कार्यक्रममा संगठनको नीतिअनुसार अमर सशस्त्र प्रहरीको घरमा हुने वार्षिकी तथा धार्मिक कार्यक्रममा युनिट कमाण्डर वा प्रतिनिधिको अनिवार्य उपस्थिति सुनिश्चित गर्न निर्देशनसमेत दिएका थिए ।

 

स्थानीय युनिटहरुलाई अमर सशस्त्र प्रहरी शहीद परिवारसँग निरन्तर सम्पर्कमा रहनसमेत निर्देशन दिएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले शहीद परिवारको सम्मानमा चौतारा, पाटी-पौवा, प्रतिक्षालय, धाराजस्ता समाजोपयोगी संरचना निर्माण गर्नसमेत अह्राए । अमर सशस्त्र प्रहरीका परिवारलाई उनको सान्त्वना थियो- ‘देश र जनताका लागि रगत बगाउने सन्तानका परिवार हुनुहुन्छ, त्यसमा हाम्रो उच्च सम्मान छ ।’ उपस्थित अमर सशस्त्र प्रहरीका परिवारले प्रतिक्रिया दिए- ‘आईजीसाब हाम्रो सुख-दुःखमा सधैं साथै हुनुहुन्छ, यसमा हामी खुशी छौं । हाम्रा सन्तानले देश र संगठनका लागि रगत बगाए, तपाईंहरु सबै हाम्रा सन्तानसरह हुनुहुन्छ । निरन्तर सुख-दुःख साट्ने अवसर पाइयोस् । यही हाम्रो कामना छ ।’

 

यसैगरी अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अवकाशप्राप्त जीवनले अझै पनि राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सामाजिक क्षेत्रमा सक्रिय रहेर राष्ट्रका निम्ति थप योगदान दिन आग्रह गरे । उनले भने- ‘समाजमा भएका नकारात्मक पक्षलाई निरुत्साहित गरेर असल समाज निर्माण गर्न पूर्वसुरक्षाकर्मीहरुको भूमिका अझै महत्वपूर्ण हुन्छ ।’ आफ्नो कार्यकालमा संगठनको हितमा संगठनका हरेक सदस्यको मन छुने किसिमले आमूल परिवर्तन ल्याएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसअघि बहालवाला सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिँदै भनेका थिए- ‘असल काम गर्नका लागि मुख्यालयको आदेश पर्खिराख्नु पर्दैन । तर, यदि राष्ट्र-राष्ट्रवासी र संगठनको हितविपरीत कसैले काम गर्छ भने कारबाहीका निम्ति तयार रहनुपर्छ ।’

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...