YouTube Link

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

Facebook Link

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे ।

 

खेल अवधिभर नै पकड जमाएको बार्साले पहिलो हाफमै पेड्रीको गोलमा अग्रता लिएको थियो । २८औं मिनेटमा लामिन यमलको पासमा पेड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । रियल म्याड्रिडले किलियन एमबाप्पेको आगमनपछि खेलमा पुनरागमनको संकेत दिएको थियो । उनले ७०औं मिनेटमा फ्रिकिक मार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसको ८ मिनेटपछि ओरेलिएन चुआमेनीले आर्डा गुलरको कर्नरमा हेडर गोल गर्दै रियललाई अघि बढाए ।

 

खेलको ८४औं मिनेटमा बार्साले खेल पुन: बराबरीमा ल्यायो । यमलको लामो पासलाई फेरान टोरेसले नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरेर गोल गरे । इन्ज्युरी समयमा रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएपनि भारको सहयोगमा निर्णय उल्टियो । यस जितसँगै बार्सिलोनाले सिजनको अर्को ट्रफी जितेको छ । क्लबले यसअघि स्पेनिस सुपर कप पनि जितिसकेको छ । क्लबले अब दुई सातापछि रियल म्याड्रिडकै सामना गर्दा स्पेनिस लिगको पनि छिनोफानो हुनेछ । प्रशिक्षक हान्सी फ्लिकको आगमनपछि बार्साले सिजनको तीनै एल क्लासिकोमा जित दर्ता गरेको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्दैछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...