YouTube Link

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

Facebook Link

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे ।

 

खेल अवधिभर नै पकड जमाएको बार्साले पहिलो हाफमै पेड्रीको गोलमा अग्रता लिएको थियो । २८औं मिनेटमा लामिन यमलको पासमा पेड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । रियल म्याड्रिडले किलियन एमबाप्पेको आगमनपछि खेलमा पुनरागमनको संकेत दिएको थियो । उनले ७०औं मिनेटमा फ्रिकिक मार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसको ८ मिनेटपछि ओरेलिएन चुआमेनीले आर्डा गुलरको कर्नरमा हेडर गोल गर्दै रियललाई अघि बढाए ।

 

खेलको ८४औं मिनेटमा बार्साले खेल पुन: बराबरीमा ल्यायो । यमलको लामो पासलाई फेरान टोरेसले नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरेर गोल गरे । इन्ज्युरी समयमा रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएपनि भारको सहयोगमा निर्णय उल्टियो । यस जितसँगै बार्सिलोनाले सिजनको अर्को ट्रफी जितेको छ । क्लबले यसअघि स्पेनिस सुपर कप पनि जितिसकेको छ । क्लबले अब दुई सातापछि रियल म्याड्रिडकै सामना गर्दा स्पेनिस लिगको पनि छिनोफानो हुनेछ । प्रशिक्षक हान्सी फ्लिकको आगमनपछि बार्साले सिजनको तीनै एल क्लासिकोमा जित दर्ता गरेको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्दैछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...