Health Ad
YouTube Link

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक कलेजमा भएको नेपाली विद्यार्थीको मृत्यु घटनालाई नेपाल र नेपालीहरूको स्वाभिमानसँग जोडेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसदहरूले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । भारतको (केआईआईटी)मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ । यो विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूमाथि गलत व्यवहार भएको सांसदहरूले बताएका छन् ।

 

बैठकमा बोल्दै सांसद कृष्णबहादुर रोकाया भविष्यको सुन्दर सपना बोकेर भारत पढ्न गएकी ती विद्यार्थीको मृत्यु रहस्यमय रहेको बताउँछन् । सुरक्षाको सहयोग माग्न कलेज प्रशासनमा गएको लगायतका विषयलाई ख्याल नगरी आत्महत्या भनेर गुपचुप गराउन खोजिएको हो कि ? भन्ने उनको आशंका छ । विद्यार्थीमाथि दमन भइराखेको उल्लेख गर्दै उनले अघि भने, ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन म सरकारलाई शिघ्र कूटनीतिक पहल चाल्न आग्रह गर्न चाहन्छु ।’

 

सांसद मदन कुमारी शाह ‘गरिमा’ले गरिब देशको नागरिक हुनुको पीडा उडिसा घटना उदाहरण भएको बताइन् । उडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘गरिब देशको नागरिक हुनुको पीडाबोधले थिचिएका छौं । नेपालीका छोराछोरी जताततै असुरक्षाको जालोले घेरिएको देख्दा आफूले केही गर्न नसकेर ग्लानीको आगोमा जलिरहेका छौं ।’ बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘के नेपालीले सपना देख्न पाउँदैन ?’

 

अर्का सांसद मोहम्मद खालिदले एक हजार दुई सय नेपाली विद्यार्थीमाथि धावा बोल्ने काम भएको भन्दै दुःख व्यक्त गरे । नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने, अपमानित गर्ने काम भएको, होस्टेलबाट निकालेर अलपत्र पारिएको उनले बताए । जसप्रति खेद प्रकट गर्दै उनले सरकारले यो घटनालाई स्वाभिमानको रुपमा लिएर कूटनीतिक पहल लिनुपर्नेमा जोड दिए । सांसद रेणु चन्द नेपाली विद्यार्थीका लागि भारत असुरक्षित भएकै हो ? भनेर भारत सरकारलाई सोध्न सक्नुपर्ने बताउँछिन् । यो प्रश्नसहित कुटनीतिक पहलका लागि सरकारले तुरुन्तै एक्सन लिनुपर्ने उनको आग्रह छ ।

 

सांसदहरूले उडिसा घटनालाई गम्भीर रुपमा उठाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पनि सरकारको ध्यानाकर्षण गरे । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भनेका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...