Texas College
YouTube Link

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

Facebook Link

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक कलेजमा भएको नेपाली विद्यार्थीको मृत्यु घटनालाई नेपाल र नेपालीहरूको स्वाभिमानसँग जोडेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसदहरूले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । भारतको (केआईआईटी)मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ । यो विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूमाथि गलत व्यवहार भएको सांसदहरूले बताएका छन् ।

 

बैठकमा बोल्दै सांसद कृष्णबहादुर रोकाया भविष्यको सुन्दर सपना बोकेर भारत पढ्न गएकी ती विद्यार्थीको मृत्यु रहस्यमय रहेको बताउँछन् । सुरक्षाको सहयोग माग्न कलेज प्रशासनमा गएको लगायतका विषयलाई ख्याल नगरी आत्महत्या भनेर गुपचुप गराउन खोजिएको हो कि ? भन्ने उनको आशंका छ । विद्यार्थीमाथि दमन भइराखेको उल्लेख गर्दै उनले अघि भने, ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन म सरकारलाई शिघ्र कूटनीतिक पहल चाल्न आग्रह गर्न चाहन्छु ।’

 

सांसद मदन कुमारी शाह ‘गरिमा’ले गरिब देशको नागरिक हुनुको पीडा उडिसा घटना उदाहरण भएको बताइन् । उडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘गरिब देशको नागरिक हुनुको पीडाबोधले थिचिएका छौं । नेपालीका छोराछोरी जताततै असुरक्षाको जालोले घेरिएको देख्दा आफूले केही गर्न नसकेर ग्लानीको आगोमा जलिरहेका छौं ।’ बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘के नेपालीले सपना देख्न पाउँदैन ?’

 

अर्का सांसद मोहम्मद खालिदले एक हजार दुई सय नेपाली विद्यार्थीमाथि धावा बोल्ने काम भएको भन्दै दुःख व्यक्त गरे । नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने, अपमानित गर्ने काम भएको, होस्टेलबाट निकालेर अलपत्र पारिएको उनले बताए । जसप्रति खेद प्रकट गर्दै उनले सरकारले यो घटनालाई स्वाभिमानको रुपमा लिएर कूटनीतिक पहल लिनुपर्नेमा जोड दिए । सांसद रेणु चन्द नेपाली विद्यार्थीका लागि भारत असुरक्षित भएकै हो ? भनेर भारत सरकारलाई सोध्न सक्नुपर्ने बताउँछिन् । यो प्रश्नसहित कुटनीतिक पहलका लागि सरकारले तुरुन्तै एक्सन लिनुपर्ने उनको आग्रह छ ।

 

सांसदहरूले उडिसा घटनालाई गम्भीर रुपमा उठाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पनि सरकारको ध्यानाकर्षण गरे । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भनेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

वि.सं.२०८२ माघ २ शुक्रवार १३:०१

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

वि.सं.२०८२ पुस ३० बुधवार १३:४०

काठमाडौं: आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान...

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

वि.सं.२०८२ पुस ३० बुधवार ११:३९

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा...

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

वि.सं.२०८२ पुस ३० बुधवार ११:१६

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

वि.सं.२०८२ पुस २९ मंगलवार ०९:१४

काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ...

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

वि.सं.२०८२ पुस २८ सोमवार १५:२०

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव...