YouTube Link

पुरानालाई चुनौती दिँदै नयाँ राजनीतिक दल घोषणाको तयारी

Khanepani Dhal
Facebook Link

काठमाडौं: विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई समेटेर युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टी दर्ता प्रक्रिया सकेर घोषणा गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ । सो पार्टीको २१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष १, महामन्त्री १, सचिव १, कोषाध्यक्ष १ र अरु थप सदस्य रहने व्यवस्था गरिने भनिएको भए पनि जिल्ला र प्रादेशीक समेट्दा ५१ सदस्यीय केन्द्रीय समिति बन्ने सम्भावना रहेको बताइन्छ ।

 

केन्द्रीय अध्यक्षमा मुस्कान पौडेल रहने, संरक्षकको समेत व्यवस्था गर्दै पुराना राजनीतिक दलहरुलाई टक्कर दिने र २०८४ को चुनावकेन्द्रीत भएर घोषणा गर्न लागिएको युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको प्रत्येक जिल्लामा ५१ सदस्यीय जिल्ला समिति र प्रदेशमा पनि ५१ सदस्यीय प्रदेशिक समिति रहने व्यवस्था हुने भएको छ ।

 

केन्द्रीय समितिमा प्रत्येक प्रदेशबाट ७-७ जना र २ जना उपत्यकाबाट रहने व्यवस्था गर्न लागिएको युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको स्थापना भ्रष्टाचारमुक्त विधिको शासन स्थापनार्थ गर्न लागिएको अध्यक्ष मुस्कान पौडेलको भनाई छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था उक्त पार्टीको ‘बटम लाइन’ रहनेछ ।

 

यतिमात्र होइन, राष्ट-राष्ट्रियता, जनतन्त्र, युवाशक्तिलाई स्वदेशमै परिचालन गरी रोजगारी दिने र विदेश जानबाट रोक्ने समेत युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको मुख्य ध्येय हुनेछ । पदाधिकारीमा स्वास्थ्य, परराष्ट्र, धार्मिक-सांस्कृतिक, सनातन, शिक्षा, वन तथा वातावरण, न्याय-कानुन, प्रशासन, सञ्चार, युवा तथा खेलकुद, महिला, कृषि तथा फलफुल, रक्षा, गृह, प्रोफेसर, आईटी, पुरातत्व क्षेत्रलगायतका विज्ञहरु रहनेछन् ।

 

उनीहरुले राजनीतिमा सम्बन्धित क्षेत्रका मुद्दा उठान गर्ने भएकाले राजनीतिप्रति जनतामा उत्पन्न भएको वितृष्णालाई चिर्दै २०८४ को चुनावमा जनमत आफ्नो पक्षमा पार्ने युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको रणनीति रहेको बुझिएको छ । उक्त पार्टीमा पुराना राजनीतिक दलबाट पछि पारिएका युवा नेताहरु समेत प्रवेश गर्ने तयारीमा छन् ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

वि.सं.२०८२ असार २५ बुधवार १४:१४

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८२ असार २४ मंगलवार ०७:१७

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो...

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०८२ असार २४ मंगलवार ०७:०३

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

वि.सं.२०८२ असार २३ सोमवार ०८:०६

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार २३ सोमवार ०७:४९

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...