YouTube Link

पुरानालाई चुनौती दिँदै नयाँ राजनीतिक दल घोषणाको तयारी

World Cup 2026
Facebook Link

काठमाडौं: विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई समेटेर युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टी दर्ता प्रक्रिया सकेर घोषणा गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ । सो पार्टीको २१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष १, महामन्त्री १, सचिव १, कोषाध्यक्ष १ र अरु थप सदस्य रहने व्यवस्था गरिने भनिएको भए पनि जिल्ला र प्रादेशीक समेट्दा ५१ सदस्यीय केन्द्रीय समिति बन्ने सम्भावना रहेको बताइन्छ ।

 

केन्द्रीय अध्यक्षमा मुस्कान पौडेल रहने, संरक्षकको समेत व्यवस्था गर्दै पुराना राजनीतिक दलहरुलाई टक्कर दिने र २०८४ को चुनावकेन्द्रीत भएर घोषणा गर्न लागिएको युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको प्रत्येक जिल्लामा ५१ सदस्यीय जिल्ला समिति र प्रदेशमा पनि ५१ सदस्यीय प्रदेशिक समिति रहने व्यवस्था हुने भएको छ ।

 

केन्द्रीय समितिमा प्रत्येक प्रदेशबाट ७-७ जना र २ जना उपत्यकाबाट रहने व्यवस्था गर्न लागिएको युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको स्थापना भ्रष्टाचारमुक्त विधिको शासन स्थापनार्थ गर्न लागिएको अध्यक्ष मुस्कान पौडेलको भनाई छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था उक्त पार्टीको ‘बटम लाइन’ रहनेछ ।

 

यतिमात्र होइन, राष्ट-राष्ट्रियता, जनतन्त्र, युवाशक्तिलाई स्वदेशमै परिचालन गरी रोजगारी दिने र विदेश जानबाट रोक्ने समेत युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको मुख्य ध्येय हुनेछ । पदाधिकारीमा स्वास्थ्य, परराष्ट्र, धार्मिक-सांस्कृतिक, सनातन, शिक्षा, वन तथा वातावरण, न्याय-कानुन, प्रशासन, सञ्चार, युवा तथा खेलकुद, महिला, कृषि तथा फलफुल, रक्षा, गृह, प्रोफेसर, आईटी, पुरातत्व क्षेत्रलगायतका विज्ञहरु रहनेछन् ।

 

उनीहरुले राजनीतिमा सम्बन्धित क्षेत्रका मुद्दा उठान गर्ने भएकाले राजनीतिप्रति जनतामा उत्पन्न भएको वितृष्णालाई चिर्दै २०८४ को चुनावमा जनमत आफ्नो पक्षमा पार्ने युनाईटेड नेपाल डेमोक्रयाटिक पार्टीको रणनीति रहेको बुझिएको छ । उक्त पार्टीमा पुराना राजनीतिक दलबाट पछि पारिएका युवा नेताहरु समेत प्रवेश गर्ने तयारीमा छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...