YouTube Link

नेपाली कांग्रेससम्बद्ध युवाहरू पक्राउ

Facebook Link

काठमाडौं: नेपाली कांग्रेससम्बद्ध युवाहरू पक्राउ परेका छन् । दरबारमार्गस्थित जय नेपाल रोडमा सञ्चालित लिक्विड लाउञ्ज बारमा ‘गुड फ्राइडे’ मनाएर घर फर्किन लागेका बैतडीका रमेश भट्टमाथि कुटपिट हुँदा नेपाल तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, काभ्रेका जिल्ला अध्यक्ष सुजन लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

घटनाका प्रत्यक्षदर्शी नवीन वाइबाका अनुसार शुक्रबार राति नै बारमा पुगेका भट्टले आफू गृहमन्त्री रमेश लेखकको भाञ्जा भनी परिचय दिएका थिए । बिहान करिब पौने ३ बजे काभ्रे तरुण दलका नेताहरू त्यहाँ पुगे । पुग्ने बित्तिकै उक्त बारका सञ्चालक सञ्जीव लामा (स्याल) ले भट्टको परिचय दिए । नाम सुन्नासाथ सुजनले ‘हावा कुरा गर्ने ? फुर्ती लगाएको हो ?’ भन्दै उनी गृहमन्त्रीको भाञ्जा भएको कुरा अस्वीकार गर्दै थिए । पिसाब फेर्नका लागि भट्ट शौचालय गए । निस्किनेबित्तिकै सुजन, कूलध्वजसहितको समूहले भट्टमाथि हातपात गरेको थियो ।

 

‘धारिलो हतियार प्रयोग भएको छ, घाइतेको खप्पर फुटेको थियो’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । घाइते भट्ट खतरामुक्त छन् । उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए । घटनाको खबर पाउनासाथ प्रहरी वृत्त, दरबारमार्गको टोली त्यहाँ पुगेको थियो । ‘हामीले कुटपिटमा संलग्न मानिस पहिचान गरी नियन्त्रणमा लियौँ, त्यसपछि जिल्ला प्रहरी परिसरलाई बुझाइदियौँ’, दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले भने । अहिले पक्राउ परेका ६ जनाका विरुद्ध परिसरले मुद्दा चलाएको छ ।

 

प्रहरीका अनुसार घाइते भट्ट पेशाले आइटी इञ्जिनियर हुन् । एक निजी कम्पनीमा काम गर्ने उनी काठमाडौं, कलंकीमा गृहमन्त्री रमेश लेखकको घर नजिकै बस्छन् । उनी गाउँले नाताले मात्रै मन्त्रीका भाञ्जा पर्ने हुन् । उनीमाथि आक्रमणमा संलग्न तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, जिल्ला अध्यक्ष सुजन लामा गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका तीर्थ लामा र दावा लामाहरूसँग निकट रहेको प्रहरीले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...