YouTube Link

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्न सक्ने

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना दिएका छन् ।

 

प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे ।  तर, यता रास्वपा उपसभापति डीपी अर्यालले भने सभापतिलाई सरकारले धरपकड गर्न खोजे विपक्षीले प्रतिवाद गर्ने सहमति भएको दाबी गरे ।

 

हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यसबारे सामान्य छलफल भएको थियो । त्यहाँ पनि रवि दोषी भए उन्मुक्ति पाउन नहुने नेताहरूको धारणा थियो । तर, सहकारी प्रकरणमा दोषी देखिएका  सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।

 

यस्तै बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र आम जनता पार्टीको सहभागिता रहेको थियो । लोसपा अध्यक्ष महन्त ठाकुरले सत्ता पक्ष भएपनि सरकारको कामबारे सन्तुष्ट नभएर आफू बैठकमा सहभागी भएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...