YouTube Link

अमेरिकालाई सुपर ओभरमा हराउँदै एक खेल अगावै टी-२० क्रिकेट श्रृंखलामाथि नेपालको कब्जा

Facebook Link

काठमाडौं: नेपाल र अमेरिकाबीचको टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल सुपर ओभरमा विजयी भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिए ।

 

सुरुवातका दुई बलमा एक/एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए । जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए ।

 

यसअघिको २० ओभरको खेलमा १७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनायो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो ।  अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए ।

 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् ।

 

तीन खेलको टी-२० श्रृंखलाको शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो । दोस्रो जितसँगै नेपालले तीन खेलको श्रृंखलामा २-० ले कब्जा जमाएको छ । तेस्रो खेल सोमबार बिहान हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...