YouTube Link

पर्यटन दशक २०२३ देखि २०३२ को अवधारणा परिमार्जन गरेर अगाडि बढ्न व्यवसायीहरुको सुझाव 

Facebook Link

 

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३/२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेर सुझाव लिएको छ ।

 

अन्तरक्रियामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बददिंदो समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उपयुक्त हुने सुझाव दिईएको छ । उनीहरुले पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भएपनि नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

 

कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रुपमा केही गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गर्दै मन्त्रालयले २०७९ मा बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो । कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरि २०७९ पुष ७ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

 

 

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाहरुको सुझाव लिन अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिने समेत बताए ।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नु पर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथी निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताएका छन् । मन्त्रालय सह-सचिव ईन्दु घिमिरेले अन्तरक्रिया फलदायी भएको बताउँदै निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिए ।

 

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले नयाँ सन्दर्भमा कार्यक्रमलाई परिमार्जन गरेर जाँदा फदायी हुने सुझाव दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य दीपक महत, पम्फा धमला, घनेन्द्र श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणी थपलिया, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाराका अध्यक्ष शिव अधिकारी, स्कलका अध्यक्ष महेन्द्रराज पाण्डे, रेवानका अध्यक्ष संर्घष विष्ट, पर्यटन व्यवसायी नरेन्द्र भट्ट, पर्यटनविज्ञ शिव प्रसाद जैशीले वदलिंदो परिवेश अनुसार पर्यटन दशकको कार्यक्रमलाई परिमार्जन गरेर लैजान आग्रह गरेका छन् ।

 

 

कार्ययोजनाको खाका प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेनले  देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्याउने, ततपश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको बृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पुर्याउने , र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...