YouTube Link

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा बैठकमा देखाएको प्रदर्शन इतिहासमा कलंकका रुपमा स्थापित हुने दाबी गरेका छन् ।

 

‘आजको यो गतिविधि नेपालको इतिहासमा कलंलको रुपमा राम्रैसँग स्थापित हुनेछ,’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन् । चौथोपटक विश्वासको मत लिँदैगर्दा प्रधानमन्त्री प्रचण्डले आफूले पटक-पटक दिएको साथलाई कांग्रेसले भुलेको बताए । ‘खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आज बहुत् गलत गर्नुभयो भन्ने मलाई लागेको छ, नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो,’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘र यो पटक पनि जुन प्रधानमन्त्रीले संवाद र सहमतिको बाटोमा ल्याउन मिहेनत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा एउटा नराम्रो उदाहार प्रस्तुत गर्नुभयो, म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु, नेपाली कांग्रेसलाई मूल्य चर्को पर्नेछ ।’

 

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको लिने कार्यसूची प्रभावित बनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले अवरोध गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...