कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०
1.7K
shares
दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार, साकेला उभौली पर्व ५०८४ दोहा कतारमा रहेका किराँती तथा गैर किरातहरुलाई मनाउने भएका छन् ।
२४ मे २०२४ शुक्रबार वेलफेयर रेस्टुरेष्ट प्लाजा मलको सभाहलमा बिहानको ११ बजेबाट सुरु हुने कार्यक्रममा दोहा कतारमा कार्यरत किराँती तथा गैर किरातहरुकझ उपस्थितमा किरातीहरुको संस्कार सस्कृतीबारे प्रबासमा रहेर पनि जानकारी पाउन सकिने किरात मुलसमारोह आयोजक समिति कतारका सयोजक शुभराज सुनुवारले जानकारी दिए ।
उभौली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम कतारमा स्थापित दुई किराँती संस्थाहरु सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतार आबद्ध किरात मुल समारोह आयोजक समितिद्वारा विगतका वर्षहरुमा झै यो वर्ष पनि उभौली मनाउने भव्य तयारीमा जुटेको किरात मुलसमारोहले जनाएको छ ।

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०