YouTube Link

बत्तीसपुतलीमा युवकको हत्या अभियोगमा पक्राउ परेका चारै जना १६ वर्षमुनिका नाबालिग

Facebook Link

 

काठमाडौं: काठमाडौंको बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एकजना युवकको हत्या गरेको अभियोगमा १६ वर्षमुनिका चार जना पक्राउ परेका छन् । गएराति दुई समूहबीच भएको झगडामा मोरङका २४ वर्षीय युवक शम्भु धिमालको हत्या भएको थियो ।

 

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारैजना नाबालिग रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । ‘गएराति दुई समूहबीच झगडा हुँदा एक युवकको मृत्यु भएको छ, घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा उनीहरू सबै नाबालिग रहेको खुल्न आएको छ’, उनले भने, ‘उनीहरू सबै १६ वर्षमुनिका भएकाले नाम सार्वजनिक गरिएको छैन, घटनाको अहिले पनि अनुसन्धान जारी छ ।’

 

दुई समूहबीच झगडा हुँदा धिमालमाथि एकजना किशोरले चक्कु हानेका थिए । उनलाई घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरे । अधिकारीका अनुसार बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका किशोर एक अर्कासँग ठोक्किएका थिए । त्यही कुरालाई लिएर दुई पक्षबीच झगडा सुरु भएर ज्यानसम्म गएको हो ।

 

उक्त झगडाका क्रममा मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएका छन् । ज्यान गुमाएका शम्भु धिमालको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रवक्ता अधिकारीले बताए । झगडामा संलग्न दुवै पक्ष एकअर्कासँग अपरिचित थिए । आक्रमणमा संलग्नमध्ये तीनजना किशोहरू गएराति जन्मदिनको पार्टी खाएर फर्किने क्रममा हिँडिरहेका थिए । जन्मदिनको पार्टी खाएर फर्किरहेका उनीहरूले बाटैमा छ्याङ पिएको पनि खुलेको छ । छ्याङ खाने क्रममै तीनजनाको समूहमा १४ वर्षीय किशोर पनि थपिए ।

 

जन्मदिनको पार्टी र बाटोमा छ्याङसमेत पिएका चारजनाको समूह हिँड्ने क्रममा धिमाल र चौधरीसँग ठोक्किए । ठोक्किएपछि त्यहीँ भनाभन सुरु भयो । भनाभनले उग्र रुप लिँदा ४ मध्ये एकजनाले धिमाल र चौधरीमाथि छुरा प्रहार गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...