नेकपा एकीकृत समाजवादी प्रचण्ड सरकारमा सहभागी हुने
वि.सं.२०८० फागुन २३ बुधवार १८:०३
1.6K
shares
काठमाडौं: नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज बसेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको हो ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शिर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाई आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन् ।
तर, आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका नेता झलनाथ खनालले प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए । सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।
वि.सं.२०८० फागुन २३ बुधवार १८:०३




















