YouTube Link

माओवादी र नेसपाबीच संयुक्त संयोजन समिति गठन गरिँदै

Facebook Link

 

काठमाडौं: नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीचको पार्टी एकताले मूर्त रुप लिन लागेको छ ।

 

लामो समयदेखिको तीव्र रस्साकस्सीकाबीच अन्ततः दुबै पार्टी एकताबद्ध हुन तयार भएका छन् । एक वर्ष अघिदेखि थालिएको पार्टी एकता विविध कारणले अन्योलमा थियो । नेसपामा एकताको विषयमा दुई धार देखिएपछि पार्टी एकतामा बिलम्ब भएको बताइएको थियो । बाबुराम लगायतका नेताहरु एकताको विपक्षमा देखिपछि अर्का अध्यक्ष महिन्द्रराय यादव पक्ष एकता गर्ने तयारीमा रहेका थिए ।

 

नेसपाभित्र तीव्र आन्तरिक दबावमा रहेका अध्यक्ष बाबुराम पनि एकता गर्न सहमत भएपछि दुबै पार्टीले एकतालाई अन्तिम रुप दिने तयारी थालेका छन् । मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेपछि पार्टी एकताले मूर्तरुप लिन लागको हो । माओवादीका तर्फबाट एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ लगायतको वार्ता टोली र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीले एकता प्रक्रिया टुंगोमा लगाउन आन्तरिक छलफलमा जुटिरहेका छन् ।

 

पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा प्रारम्भिक सहमति भएको र आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्ने दुबै पक्षको तयारी रहेको बताईएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...