Rajshow Bivag

हामी द्वापरयुगको अभिमन्यु होइनौं: केपी ओली

Departmant of helth services

 

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान कृष्णलाई मार्ने षड्यन्त्र भएजसरी एमालेलाई सिध्याउन अनेकन स्वरुपधारीहरू खडा भएको बताएका छन् ।

 

एमालेविरुद्ध अनेकन चक्रव्युह खडा गर्न खोजिएको भन्दै उनले आफूहरू द्वापरयुगको अभिमन्यु नभएको तर्कसमेत गरे । ‘भगवान कृष्णलाई मार्न पनि अनेकन षड्यन्त्र भएको थियो । अहिले त्यस्तै स्वरुपधारीहरू हामीलाई सिध्याउन आउन सक्छन् । त्यस्ताहरूलाई हामी पराजित गर्न सक्नुपर्छ । हामी महाभारतको अभिमन्यु होइनौं । जो चक्रव्युहमा जान त सक्छन्, तर निस्किन सक्दैनन् । हामी आजको अभिमन्यु हौं, हामीलाई चक्रव्युह तोड्न आउँछ,’ उनले भने ।

 

उनले सरकारलाई पनि चेतावनी दिँदै जनतासँग वैरवभाव नराख्न चेतावनी दिए । उनले मंसिर ७ गते सरकार विरोधी शक्तिको समर्थन गर्नसक्ने भन्दै त्यसविरुद्ध एमालेले जमेर प्रतिवाद गर्ने बताए । उनले मंसिर ७ गतेको प्रदर्शन शान्तिपूर्ण रहने बताए । उनले आफूहरूले निषेधित क्षेत्र नतोड्ने प्रस्टसमेत पारे । ‘हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधज्ञा तोड्दैनौं । कुनै बेला त्यस्तो समय पनि आउन सक्छ । ०६२/६३ को आन्दोलनमा पनि त्यस्तो बेला आएर हामीले निषेधित क्षेत्र तोडेका थियौं,’ उनले भने, ‘सरकारले स्थल विषेश तोक्यो भने त्यही केन्द्रित हुनसक्छौं । जुन रुट भन्यो त्यही रुटमा चल्न सक्छौं ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार

वि.सं.२०८१ असार २८ शुक्रवार १७:३६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ...

‘रेड जोन’ मा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय

‘रेड जोन’ मा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय

वि.सं.२०८१ असार २८ शुक्रवार १४:५६

  काठमाडौं: गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका...

स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं, नर्क त जाँदै जाँदैनौं

स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं, नर्क त जाँदै जाँदैनौं

वि.सं.२०८१ असार २८ शुक्रवार १४:४०

  काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल...

१८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो ? ठूला दल मिल्दैमा तर्सिनु पर्दैन

१८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो ? ठूला दल मिल्दैमा तर्सिनु पर्दैन

वि.सं.२०८१ असार २८ शुक्रवार १४:१७

  काठमाडौं: नेपाली कांग्रेसले संविधान संशोधनको कुरा उठाउनु कुनै गलत...

सरकारको सुशासनप्रतिको काम र प्रतिवद्धतादेखि डराउँदै कांग्रेस र एमाले मिले: पुष्पकमल दाहाल ‘प्रचण्ड’ (२४ पन्ने पूर्णपाठ सहित)

सरकारको सुशासनप्रतिको काम र प्रतिवद्धतादेखि डराउँदै कांग्रेस र एमाले मिले: पुष्पकमल दाहाल ‘प्रचण्ड’ (२४ पन्ने पूर्णपाठ सहित)

वि.सं.२०८१ असार २८ शुक्रवार १३:५१

  काठमाडौं: विश्वासको मत माग्न संसदको रोष्टममा उक्लिएका प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने

वि.सं.२०८१ असार २८ शुक्रवार ११:४८

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने...