YouTube Link

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

Khanepani Dhal
Facebook Link

काठमाडौं: नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालाई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समेतलाई विपक्षी बनाई बुधबार पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिएको हो ।

वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा त्यो नक्सालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमिनलाई अङ्कन गरिएको नक्सा बनाउन आदेशको माग गरिएको छ । यसक्रममा नेपाल-भारतबीच भएको सुगौली सन्धि अनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू-भाग भनि लेखिएको छ, उक्त भू-भाग अतिक्रमण सुगौली सन्धि विपरीत रहेको रिटमा भनिएको छ । रिट निवेदनमा नेपालको भू-भाग १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

वर्तमान नक्सामा लिम्पियाधुराको जमिन नहुँदा क्षेत्रफल समेत घटेको हुनसक्ने हुँदा नेपालको जमिनको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ । ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको भएपनि त्यस अनुसार सरकारले ध्यान नदिएको रिट निवेदनमा उल्लेख छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...