YouTube Link

चुनौती र समस्याहरू हाम्रै नालायकीका कारणले आएका छन् अरूका कारणले होइनः माधव नेपाल

Facebook Link

 

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिर हुँदाको पीडा सदन अवरोध गरेर मात्रै नहुने बताएका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताए । उनले भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ । सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गर्ने होइन । त्यसले जनतालाई असर गर्छ । सरकारले गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ ।’

 

बैठकमा बोल्दै अध्यक्ष नेपालले भूपी शेरचनको ‘यो नेपाली शिर उचाली….’भन्ने कविता उदृत गर्दै भने अहिले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘अहिले दुईवटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नुपर्ने छैन भन्ने भाष्य छ ।’ उनले यी दुवै भाष्य र अतिवादी सोचबाट मुक्त हुनुपर्ने बताए ।

 

अध्यक्ष नेपालले चुनौतीहरू र समस्याहरू रहेको भन्दै त्यसलाई महसुस गर्नुपर्ने बताए । ‘ती चुनौती र समस्याहरू हाम्रै नालायकीका कारणले आएका छन् अरूका कारणले होइन । अरूलाई दोष पन्छाएर पुग्दैन’, नेपालले आफ्नै अयोग्यता र सिस्टम बसाल्न नसक्दा समस्या सिर्जना भएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...