आज देशभर राष्ट्रिय शोक, सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइने
वि.सं.२०८० असोज २३ मंगलवार ०७:२१
1.2K
shares
काठमाडौं: इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो । सरकारको प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ ।
बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन् । गत शनिबार हमासले गाजा क्षेत्रबाट इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

वि.सं.२०८० असोज २३ मंगलवार ०७:२१




















