YouTube Link

कालो मोसो दलिएपछि केपी ओलीमाथि दुर्गा प्रसाईंको आक्रोश, युवा संघको तागत ननाप्न प्रसाईलाई महेश बस्नेतको चेतावनी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालो मोसो दलिएपछि त्यसको आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतमाथि आक्रोश पोखेका छन् ।

 

प्रसाईंले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्:–

हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ !

तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ !

प्रतीक्षा गर्नुहोस् !!

 

प्रसाईंले सोमबार काठमाडौंको जमलमा रहेको होटल यल्लो पकोडामा पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रम समापन भएर प्रसाईं आफ्नो गाडी चढेर हिँड्ने क्रममा उनलाई कालो मोसो दलिएको थियो । कालो मोसो दल्नेहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद नारा लगाएको कारण प्रसाईंले ओलीको नाम लिएर पैंचो तिर्ने बताएका छन् ।

 

यता नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कालो मोसो दलिएका मेडिकल व्यवसायी प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् । प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर पैचों तिर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको प्रतिक्रिया दिएका छन् ।

 

बस्नेतले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्:–

बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !

 

प्रसाई एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष प्रचण्डलाई सँगै आफ्नो घर भक्तपुर लगेर मार्सी चामलको भात खुवाएपछि चर्चामा आउँदै मार्सी उपनामले चर्चित भएका भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...