YouTube Link

सभामुखमाथि बलात्कारको आरोपको खण्डन गर्दै महराको सचिवालयद्वारा विज्ञप्ति जारी

Khanepani Dhal
Facebook Link

काठमाडौं: सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको खबरमा सत्यता नरहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखको दुर्व्यवहार भनेर आएको खबरलाई खण्डन गर्दै सभामुखको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको हो । उक्त खबरप्रति सचिवालयले जारी गरेको विज्ञपित्मा आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेख छ ।

कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुख समेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ । सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ । सभामुखको राजनीतिक व्यक्तित्वलाई अन्य कुनैपनि हतियारले गलाउन नसकेपछि कठपुतली तयार पारेर सामाजिक रुपमा बदनाम गर्ने दुष्प्रयास गरिएको प्रति यस्तो कृयाकलापको भर्त्सना गरेको छ ।

साथै समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ । सोमबार असोज १२ गते दिउँसो १२ बजे सभामुख सिंहदरबारमा रहेको आफ्नो कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेको निवासमा फर्किएको पनि विज्ञप्तिमा उल्लेख छ । सोमबार सञ्चारमाध्यममा सभामुखमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको समाचार प्रकाशित भएपछि सभामुखको सचिवालयले खण्डन गरेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...