YouTube Link

सभामुखमाथि बलात्कारको आरोपको खण्डन गर्दै महराको सचिवालयद्वारा विज्ञप्ति जारी

World Cup 2026
Facebook Link

काठमाडौं: सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको खबरमा सत्यता नरहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखको दुर्व्यवहार भनेर आएको खबरलाई खण्डन गर्दै सभामुखको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको हो । उक्त खबरप्रति सचिवालयले जारी गरेको विज्ञपित्मा आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेख छ ।

कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुख समेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ । सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ । सभामुखको राजनीतिक व्यक्तित्वलाई अन्य कुनैपनि हतियारले गलाउन नसकेपछि कठपुतली तयार पारेर सामाजिक रुपमा बदनाम गर्ने दुष्प्रयास गरिएको प्रति यस्तो कृयाकलापको भर्त्सना गरेको छ ।

साथै समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ । सोमबार असोज १२ गते दिउँसो १२ बजे सभामुख सिंहदरबारमा रहेको आफ्नो कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेको निवासमा फर्किएको पनि विज्ञप्तिमा उल्लेख छ । सोमबार सञ्चारमाध्यममा सभामुखमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको समाचार प्रकाशित भएपछि सभामुखको सचिवालयले खण्डन गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...