YouTube Link

नागरिकता विवादित विधेयकबारे नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल

Facebook Link

काठमाडौं: नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । काङ्ग्रेस सभापति देउवाको आग्रहमा बसेको बैठकमा समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालले जानकारी दिए ।

झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचिदिएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने, नागरिकता विधेयकमा संविधानको धारा ६ मा उल्लेख भए अनुसार जानुपर्ने विषय उठान भएको प्रवक्ता शर्माले बताए । नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने कांग्रेसले धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेताहरुका बीचमा विवादित भूमिसम्बन्धी विधेयक, मिडिया काउन्सिलसम्बन्धी विधेयक, नागरिकतासम्बन्धी विधेयकमाथि आवश्यक छलफल गरी अघि बढाउने दिशामा छलफल भएको जानकारी गराए । बैठकमा नेपाली कांग्रेसबाट सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...