YouTube Link

नागरिकता विवादित विधेयकबारे नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल

Facebook Link

काठमाडौं: नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । काङ्ग्रेस सभापति देउवाको आग्रहमा बसेको बैठकमा समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालले जानकारी दिए ।

झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचिदिएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने, नागरिकता विधेयकमा संविधानको धारा ६ मा उल्लेख भए अनुसार जानुपर्ने विषय उठान भएको प्रवक्ता शर्माले बताए । नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने कांग्रेसले धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेताहरुका बीचमा विवादित भूमिसम्बन्धी विधेयक, मिडिया काउन्सिलसम्बन्धी विधेयक, नागरिकतासम्बन्धी विधेयकमाथि आवश्यक छलफल गरी अघि बढाउने दिशामा छलफल भएको जानकारी गराए । बैठकमा नेपाली कांग्रेसबाट सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...