तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न
वि.सं.२०८० साउन ४ बिहीवार १८:५७
4.5K
shares
काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि सुरु भएको पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।
विभिन्न सञ्चारमाध्यमममा कार्यरत ६८ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिएको थियो ।
प्रशिक्षणको तेस्रो दिन अर्थात समापनमा नेपाल पर्यटन वोर्डका सञ्चार संयोजक टिपी भुसालले फोटो पत्रकारिता नेपालमा कहिलेदेखि सुरु गरियो र यसको विगतको अनुभव के छ ? आज के हुदै छ ? साथै कानुनी व्यवस्थाहरु पत्रकारको आचार संहितामा फोटो पत्रकारिता कसरी गर्नुपर्छ भन्ने सन्देशमुलकका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी प्रशिक्षक किशोर श्रेष्ठले पहिलो दिन क्यामेराको सैद्धान्तिक (थेउकरिकल) बारेमा सम्पूर्ण जानकारी गराएका थिए भने प्रशिक्षणको दोस्रो दिन अर्थात् भृकुटीमण्डपबाट काठमाडौंको बसन्तपुर दरबार स्क्वायरसम्म प्रशिक्षार्थीहरुसँग प्रत्यक्ष रुपमा संलग्न भई फोटो खिचाएर व्यवहिरक (प्रक्टिकल) रुपमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रम समापनको क्रममा आयोजक युएनडिपीका धर्मा दवाडीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम गर्न पाउदा आफूलाई धेरै खुशी लागेको बताए । दवाडीले निरन्तर रुपमा तीनदिनसम्म तपाईहरुको सहभागीता देखेर हामीलाई यस्ता कार्यक्रम गर्न उत्साहित भएको बताए ।
नेपाल पर्यटन बोर्डका म्यानेजर शुनिल शर्माले फोटो पत्रकारिताको अनुभव सुनाउदै आउँदा दिनमा नेपाल पर्यटन वोर्डले गर्ने हरेक कार्यक्रमहरुलाई फोटो पत्रकारिताको माध्यबाट देशलाई चिनाउन सकिने र दुर्गम क्षेत्रको फोटोलाई राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै प्रगति गर्न सकिने बताए ।
प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीहरुले आ–आफ्ना अनुभव सुनाउदै क्यामेरा बोकेर फोटो वर्षौदेखि खिच्दै आएको तर फोटोको बारेमा र लाइट कसरी मिलाउने अँध्यारोमा कसरी फोटो खिच्ने जस्ता समस्याले ग्रसित भएका थियौ तर यो तीन दिने प्रशिक्षणका क्रममा प्रेक्टिकल गरेपछि सोचेको जस्तो फोटो खिच्न सक्ने भयौ भन्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए ।
नेपाल पर्यटन वोर्डमा सम्पन्न तालिमलाई फोटो पत्रकारिताको प्रशिक्षण किशोर श्रेष्ठले दिएका थिए भने कार्यक्रम संयोजक प्रदिप श्रेष्ठ गरेका थिए । फोटो पत्रकार समूहको तर्फबाट सागर श्रेष्ठ र भगवती थापाले कार्यक्रम अवधिभर सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

वि.सं.२०८० साउन ४ बिहीवार १८:५७



















