YouTube Link

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते

Facebook Link

एजेन्सी: अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।

टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले जनाए अनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए । अन्दाजी ३० वर्षका ती बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए । प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । गोली कुन प्रयोजनका लागि हानियो भन्ने अहिलेसम्म खुलेको छैन । घटनाबारे महान्यायाधिवक्ताबाट जानकारी लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई लगायतले यसबारे अनुसन्धान गरिरहेको ट्वीटरमा लेखेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...