हङकङमा प्रतिबन्धका बाबजुद दशौं हजारले गरे प्रदर्शन, प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
वि.सं.२०७६ भदौ १५ आइतवार ०९:०८
993
sharesएजेन्सी: हङकङमा प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएपनि दशौं हजारले प्रदर्शनलाई चर्काएका छन् । शनिबार हङकङका विभिन्न क्षेत्रमा लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । दशौं हजार प्रदर्शनकारीले हङकङको संसद् भवन, सैनिक अखडा, प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेका थिए । शनिबार भीषण वर्षा भएपनि वर्षाको परवाह नगरी दशौं हजार प्रदर्शनकारी सडकमा उत्रेका हुन् । शनिबारको प्रदर्शनअघि हङकङको प्रदर्शनका प्रमुख नेता मानिने २३ वर्षे युवा जोशुवा वाङसहितका अभियन्तालाई पक्राउ गरेको थियो ।
विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा १३ साताअघि शुरु भएको प्रदर्शन पछिल्लो समय लोकतन्त्र, अधिक स्वायत्तता व्यक्तिगत अधिकार लगायतका मुद्दामा केन्द्रित रहँदै आएको छ ।
वि.सं.२०७६ भदौ १५ आइतवार ०९:०८