Texas College
YouTube Link

मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन: प्रधानमन्त्री

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन् ।

 

राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसमा आफूले विश्वासको मत लिने दिन एमाले अध्यक्षले प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूलाई आशंका भएको बताए ।

 

‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो । हामी संसद विघटनको विपक्षमा थियौँ । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’ उनले भने ।

 

प्रचण्डले राष्ट्रपति निर्वाचनमा प्रभु शाहको आम आदमी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पनि समर्थन रहेको बताए ।

 

आफूले नेपाली कांग्रेससहित दलबाट विश्वासको मत पाएपछि कांग्रेस उम्मेदवारलाई राष्ट्रपति प्रस्ताव गर्न एमाले अध्यक्ष ओलीलाई भनेको तर उनले नमानेको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...