YouTube Link

नेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट

Facebook Link

 

काठमाडौं: घरेलु टोली युएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ । नेपाली यू-१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

 

नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो । यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ ।

 

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो । नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए ।

 

युएईका ओपनर आर्यना सक्सेना र आर्यान्स शर्माले त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो ।

 

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए ।  देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने । उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के । विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने ।

 

मिलन बोहोरा १० रनमा रन आउट भए । हेमन्त धामी १३ रनमा क्याच आउट भए । दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो ।

 

नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ । दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए । आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए ।

 

युएईका धुव परासरले ३ विकेट लिए । आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए । अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे ।

 

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालको जित पक्का भएको हो ।

 

घातक बलिङ गरेका सुवासले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ३४ बल खर्चेर २ विकेट झारे ।

 

युएईका लागि पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले ६७ रनको साझेदारी गरेका थिए । इथान डी सोल्झाले ५० रन बनाए। ओपनर अर्यान्श शर्मा ३२ रनमा पवेलियन फर्के ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...