कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित
वि.सं.२०७९ माघ १२ बिहीवार १४:०८
1.5K
shares
काठमाडौं: माघ १५ गतेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।
यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस २८ मा सारिएको थियो । २८ पुसका लागि बोलाइएको बैठक फेरि माघ १५ सम्मका लागि सारिएको थियो ।
वि.सं.२०७९ माघ १२ बिहीवार १४:०८




















