Health Ad
YouTube Link

पर्यटन वर्ष २०२० मा २० लाख पर्यटकलाई नेपालले स्वागत गर्न सफल होला त ?

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा भएको पर्यटन वर्ष २०२० सुरु हुन पाँच महिनामात्र बाँकी हुँदा तयारी भने न्यून छ । पर्यटकको बसाई लम्वाउने तथा खर्च बढाउने प्याकेजको तयारीमा सरकारको ध्यान पुगेको छैन । पर्यटन वर्षको लोगो सार्वजनिक गरेको सरकारले प्रमुख पर्यटकीय गन्तव्य पहिचान तथा ठूलो जनसंख्या रहेका चिनियाँ र भारतीय पर्यटक आकर्षित गर्ने कार्यक्रम अहिलेसम्म ल्याउन सकिरहेकको छैन ।

धार्मिक पर्यटक आकर्षित गर्न सके चीन र भारतबाट मात्रै २० लाख पर्यटक भित्र्याउन सकिने व्यवसायीहरुको भनाई छ । भारतबाट खुल्ला सिमाकै कारण पनि धेरै पर्यटकहरु स्थालमार्गवाट आउने गरेका छन् । तर स्थलमार्ग भएर आउने पर्यटकको गणना नै हुने गरेको छैन । युरोप तथा अमेरिकाबाट आउने पर्यटकलाई बढी ध्यान दिने गरिएपनि नेपालमा सबैभन्दा वढी पर्यटक भारत र दोश्रोमा चीनबाट आउने गरेका छन् ।

कमजोर भौतिक पुर्वाधारका कारण पनि पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा नै हुनेमा पर्यटन व्यवसायी विश्वस्त छैन । नेपालको भ्रमण आउने पर्यटकले हवाई टिकट मुल्य निकै महंगो भएको गुनासो गर्ने गरेका छन् । नेपालका हवाई कम्पनीहरुले युरोप तथा अमेरिकाबाट आउने पर्यटकलाई डलरमा हवाई भाडा असुल्ने गरेका छन भने भारतवाट आउनेलाई भारुमा ।

साहासिक पर्यटनका लागि नेपाल आउने पर्यटकहरुको रेस्क्यु र सुरक्षाको उचित प्रवन्ध मिलाउन तर्फ समेत सरकारले पर्याप्त ध्यान दिन सकेको छैन् । तर, तिव्रताका साथ तयारी अघि बढेको र भ्रमण वर्ष सफल हुने पर्यटन बोर्डको दाबी छ । पोखरा र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई नसकेकाले पर्यटक भित्रने पहिलो द्वार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो ।

पर्यटकको पहिलो पाइला पर्ने काठमाडौं आफैं सडक पूर्वाधारमा कमजोर छ । थोरै पानी पर्दा नै हिलाम्मे हुने सडक र घाम लाग्दा धुँवाधुलोले छप्पकै ढाक्ने काठमाडौं २० लाख पर्यटकलाई स्वागत गर्न सफल होला त ? सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...