YouTube Link

नेपाल र चीन सरकारबीच सातामा ९८ वटा उडान भर्न पाउने गरी हवाई सम्झौता पुनरावलोकन

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल र चीन सरकारबीच सातामा ९८ वटा उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनरावलोकन भएको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ७० वटा उडानको सहमति भएको छ ।

पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको हो । यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा सुरु भएको थियो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउनेछन् । यसअघिको सम्झौतामा ७ सहरमा मात्र उडान हुँदै आएको थियो ।

नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति नपाए पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन्। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन्। तर चीनले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ। हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ ।

चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्याअइएको थियो । अब भने यो संख्या उपत्यकाबाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ । हवाई यात्रुको संख्या बढ्दै गएपछि चीनले पुनः नेपालमा गर्दै आएको उडान संख्या बढाउने गरी हवाई सम्झौता पुनरावलोकनको प्रस्ताव गरेको थियो । चीनको प्रस्तावपछि सरकारले नेपाली वायुसेवा कम्पनीहरुले चीन उडान गर्न नपाएको अवस्थामा पनि गर्न लागेको हवाई सम्झौता पुनरावलोकनमाथि प्रश्न खडा भएको थियो ।

नेपालले अहिले पुरानो सम्झौता अनुसार चीनका ७ वटा सहरमा उडान गर्न पाउने भए पनि अब यो बढेर १५ पुगेको छ । पुरानो सम्झौतामा नेपालले बेइजिङ, सांघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी ७ सहरमा उडान गर्न पाउने उल्लेख छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...